परवल खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, पुस २३

दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि निरन्तर परवल खेती गरे ।

उनले परवल खेतीबाटै घर खर्च जोहो गर्छन् । कृषि पेशामा सक्रिय बुढाले वार्षिक एक/दुई लाखको परवल बेच्नुहुन्छ । “यहाँ बसोबास गरेदेखि परवल खेतीमा गरिरहेको छु, वार्षिक डेढ/दुई लाखको परवल बेच्छु”, उनले भने, “परवल बेचेर नै घर खर्च चलेको छ, कामको लागि कहिल्यै बाहिर जाने सोच आएन ।”

उनले सात कठ्ठा जमिनमा परवल खेती गरेका छन् ।  मुख्य आयआर्जनको स्रोत कृषि पेशा रहेको उनले बनाए । “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ”, उनले भने , “कहिले धान, गहुँ पनि लगाउँछौँ तर त्यति राम्रो उब्जाउ हुँदैन, परवल, तरकारी, बदामको खेती राम्रो हुन्छ ।”

कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पु¥याउने गरेको अर्का किसान अशोक सुनारले बताए । सुनारले पनि परवल खेती गर्न थालेपछि घर खर्च जोहो गर्न अन्य काममा लाग्नुपरेको छैन ।

“चारैतिरबाट नदीले घेरेको भूभाग हुनाले बर्सातमा ज्यान जोगाउन गाह्रो हुन्छ, बाढीले खेतीपातीमा पनि क्षति पु¥याउने गरेको छ”, उनले भने, “अन्य खेतीभन्दा पनि परवलको उब्जाउ राम्रो हुनाले स्वदेशमै काम गरेर जीविकोपार्जन गर्न सहज भएको छ ।”

एक पटक छरेको परवलको बीउले पाँच÷छ वर्षसम्म उत्पादन दिने गरेको उहाँले बताउनुभयो । “एकपटक छरेपछि पाँच/छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उनले भने, “त्यसैले पटकपटक लगानी गरिराख्नुपर्दैन, आफ्नो मेहनत मात्रै लाग्छ ।”

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । विगतमा दोधारा चाँदनीका किसानले स्थानीयस्तरमा बजार नपाउँदा परवल बिक्रीका लागि भारततिर लैजाने गरेका थिए ।

“अचेल यतै गाडी चल्न थाले, अब हामीले आफ्नो उत्पादन बिक्रीका लागि पारी जानुपर्दैन”, विश्व मण्डलले भने , “दोधारा–चाँदनी, महेन्द्रनगर बजारमा परवल बिक्री गर्छौं ।” उत्पादनले स्थानीयस्तरमै बजार पाउन थालेपछि परवल खेतीमा लागेका किसान खुसी भएका छन् ।

“विगतमा बिक्रीका लागि परवल भारत लैजाँदा निकै सास्ती खेप्नुप¥थ्र्यो,” धाना मगरले भने , “स्वदेशमै सहजै हाम्रो उत्पादनले बजार पाइरहेको छ ।”

परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० को दरले किसानले बिक्री गर्ने गरेका छन् । एक कठ्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मगरले बताए । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उनले भने , “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।”

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?