सरकारकाे न्यूनतम साझा कार्यक्रमको मस्यौदा सार्वजनिक हुने

साझाकथा संवाददाता

काठमाडाै, पुस २३

सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई शुक्रबार अन्तिमरुप दिएको थियाे ।

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए । शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि शनिबार सार्वजनिक हुने उनले बताए ।

न्यूनतम् साझा कार्यक्रम के कस्ताे रहेका बारे धेरैलाइ जिज्ञासा रहेकाे अर्थविद्हरू बताउछन् । विश्व अर्थतन्त्र संकटमा पर्न लागेकाे अवस्थामा कस्ता कुरा समेटेर न्यूनतम् साझा कार्यक्रम बन्छ हेर्नुपर्छ एक अर्थविद्ले बताए ।

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्ततको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए । “जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ”, महामन्त्री ढकालले भने ।

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम् साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?