मुस्ताङको चर्चा अमेरिकासम्म

मुस्ताङ – सीएनएनले २०२३ को लागि विश्वका उत्कृष्ठ २३ वटा गन्तव्यमा सूचीकरण भयो हिमाल पारीको जिल्ला

Featured Video Play Icon

कालीगण्डकी नदीको एकल जलाधारमा समेटिएको तिब्बती पठारको एउटा भाग । तेथिस सागरका जिवावेष जसलाई अहिले शालिग्राम भनिन्छ, त्यस्तो बस्तु पाइने ठाउँ । वालुवाको खातैखात जस्तो देखिने अनौठो ठाउँ । केही रहस्यमय ठाउँ, धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले अनुपम ठाउँ । हो त्यहि ठाउँ, मुस्ताङ । विश्वप्रसिद्ध संचार संस्था सीएनएनले २०२३ को लागि विश्वका उत्कृष्ठ २३ वटा गन्तव्य भनेर सूचीकरण गरेको ठाउँमध्ये हाम्रो मुस्ताङ पनि परेको छ । सीएनएनले घुम्न चाहने व्यक्तिहरुलाई हरेक बर्ष आकर्षक गन्तव्यहरुको परिचय गराउने गर्दछ । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ सीएनएनको उत्कृष्ठ २३ गन्तव्यमा पर्नु नेपाल र नेपालीको लागि निक्कै गौरवपूर्ण कुरा हो । तपाईलाई मुस्ताङका विशेषतासँग परिचित गराउँदै भिडियो टुर गराउदैछौँ ।

लिंकमा जानुहोस्

Mustang _One of the best destinations for 2023_CNN listing – YouTube

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?