विश्वासको मत लिने वातावरण बनाउँदै सरकार

सरकारले विश्वासको मत लिने समय नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । आज विहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरुले भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए ।

उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको दाबी गरे । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए ।

बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता देख्न सकिन्थ्यो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्री प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल समाजवादी लगायतले समर्थन गरिसकेका छन् । विश्वासको मत दिने बेलामा सांसदहरुले गोप्य मतदान गर्ने भएकोले सरकारलाई यसको चिन्ता पनि छ ।

खासगरी राप्रपा र काँग्रेसबीच छलफलहरु चलिरहँदा र उपेन्द्र यादव र काँग्रेस सभापति शेर बहादुर देउवाबीच संवादहरु बाक्लिदैँ जाँदा सरकारलाई चिन्ता परेको हो ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?