राजनीति अपराधीहरू मौलाउने ठाउँ भयोः डा. केसी

काठमाडाैं, पुस २४

सामाजिक अभियन्ता डा. गोविन्द केसीले नेपालको राजनीति अपराधीहरू मौलाउने ठाउँ भएको आरोप लगाएका छन् ।

निर्मला कुर्मीको न्यायका लागि आज माईतीघर मण्डलामा भएको बिरोध प्रदर्शमा बोल्दै डा. केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधीकरण भइरहेको आरोप लगाएका हुन् ।

बिरोध कार्यक्रममा डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताए ।

उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको आरोप समेत लगाए । देशमा अपराधिको स्थान कहाँ हो भन्दै सरकारसँग उनले प्रश्न गरे ।

आईतवार महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ?

महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए ।

बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् । उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् ।

आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आज आईतवार माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजि गरेका थिए ।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?