साझाकथा संवाददाता
धुलिखेल, पुस २४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारले विश्वासको मत पाउने बताएका छन् । उनले एमाले ढुक्क रहेकाे बताए ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएकोले सवैलाइ ढुक्क भएहुने हुन् ।
उनले भने ‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरु । यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ ।
अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको बताएका हुन् ।
पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले बताए।
भाेलि २५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ।