तेजपात : कति लाभदायक

साझाकथा संवाददाता

काठमाडाै, पुस २५

हामीले प्रयाेग गरिरहेकाे तेजपात (तेजपत्ता) का धेरै किसिमका फाइदा  छन् । के ति फाइदा बुझेरै प्रयाेग गरेका हाै त ? प्रयाेग गरेका सवैकुरा बारे जानकारी लिनु राम्राे हुन्छ ।

इसापूर्व ५०० तिर इजिप्ट र युरोपमा तेजपातलाई औषधिको रुपमा प्रयोग गरेको पाइन्छ । नेपालमा पाइने प्रजातिको तेजपातका धेरै राम्रो मानिन्छ । तेजपात वासनायुक्त सदावहार वनस्पति हो ।

नेपालमा पूर्वदेखि पश्चिमसम्मै समुद्र सतहबाट ४५० मिटरदेखि २,५०० मिटरसम्मकाे उचाइमा तेजपात पाइन्छ । उदयपुर, पाल्पा, सल्यान, रोल्पा, रुकुम र प्युठान, रसुवा, नुवाकाेटमा यसको व्यवसायीक खेती गरेको पाइन्छ । तेजपात ८ देखि १२ मिटरसम्म अग्लो र १५० से.मीसम्म मोटो हुन्छ ।

पातपतिंगर कुहिएको मलिलो कालो माटो र बलौटे दोमट माटोमा यो सप्रन्छ । हुर्कन अलि गाह्रो भएपनि हुर्किसकेपछि धेरै स्याहार चाहिँदैन ।

यसको पात र बोक्राबाट निस्कने सुगन्धित तेल औषधिको रुपमा र खानालाई वास्नादार बनाउन प्रयोग गरिन्छ । यसको हाँगा भन्दा बीउबाट रोपेको विरुवा राम्रो हुन्छ ।

तेजपात खाना मीठो बनाउन मात्र प्रयोग गरिँदैन, यसका थुप्रै स्वास्थसम्बन्धी फाइदा पनि छन् जुन कुरा आयुर्वेदमा उल्लेख गरिएको छ । तेजपात तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ ।

राती सुत्नुअघि कोठामा तेजपातको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् । यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ ।

तेजपातको धूवाँले अरोमाको काम गर्छ । यसका थुप्रै फाइदा छन् । यसको विषयमा रुसका एक वैज्ञानिकले अध्ययन गरेका थिए र नतिजास्वरूप के पाए भने यसले मानिसको तनाव कम गर्नसक्छ ।

तनाव हटाउन तथा सुगन्ध फैलाउन कसरी प्रयोग गर्न सकिन्छ । एउटा ताजा तर सुकेको तेजपात लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने ।

घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपातको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपातले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ ।

यसले थकाइ हटाउन मद्दत गर्छ तेजपातको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।

तेजपात एन्टी इन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ । त्यसैगरि तेजपातको तेलमा मिनरल्स, भिटामिन तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ ।

हुन त अचेल साङ्ला धेरै देखिदैन तरपनि साङ्ला भगाउनका लागि समेत प्रभावकारी हुन्छ । तेजपातलाई बालेर कोठामा राखिदिँदा साङ्लाहरू भाग्छन् । साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा यो प्रभावकारी एवं स्वस्थ हुन्छ ।

समाचार एजेन्सीहरूकाे सहयाेगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?