सरकारको प्राथमिकतामै पर्दैन खेल क्षेत्र

कमलादेवी गौतम/साभाकथा

अहिले नेपालमा चारसय बढि खेलहरू पुगेका छन् । ऐतिहासिक पक्ष केलाउने हो भने डण्डी बियो, बागचाल, बुद्धिचाल, भकुण्डो, क्रिकेट, टेबुल टेनिसलगायत छन् । खेलमा प्रर्वद्धनमा सरकारी तथा सरोकारवालाको चासो नदिएको देखिन्छ ।

खेलको इतिहास र दस्तावेजहरू खोज्ने हो भने धेरै पाइन्न । नेपालको खेल इतिहास धेरै लामो छनै । खेलसँग सम्बन्धित पुस्तकहरू पनि धेरै छैनन् ।

त्यस्तै ब्यवस्थित अभिलेखहरू नभएकै कारण होला धेरै वर्ष पहिलेदेखि पर्वजहरूले पनि खेलको इतिहास खोतल्न सकेको देखिदैन । खेल साहित्य तिर पनि धेरै कलम चालाउनेहरू पाइदैनन् ।

बागचाल नेपालको परम्परागत र मौलिक खेल हो । संरक्षण अभावमा लोप हुँदै गएका छन् । रैथाने खेल संरक्षणमा ध्यानदिनुपर्ने युवा रामकुमार न्यौपाने भन्छन् ‘परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् कुनै बेला नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् ।’

कैलालीका युवा विजय चौधरी भन्छन् ‘अनलाइनमा छापिएको कतिपय समाचारमा प्रयोग भएको शब्दावली बुझ्नै समस्या छ । कारण सवै खेलसँग हामी अभ्यस्त हुन सकेनौं ।’ केही खेल शहरमा मात्र खेलिन्छ् ।

आवश्यक पूर्वाधार अभावमा खेल क्षेत्र अघि बढ्न सकेन । उनी भन्छन् ‘स्थानीय सरकारले खेल क्षेत्र हाम्रो क्षेत्र हो भनेर संझना गरेकै छैन ।’

नेपालले अन्तर्राष्ट्रिय जगतमा खेलकुद प्रतियोगितामा सहभाागिता जनाएको इतिहास पनि ७ दशक भयो । तर सवै खाले खेलमा नेपालले आफ्नो पहुँच स्थापित गर्न सकेको छैन । सवै खाले खेलको प्रचार पनि पाइदैन ।

फुटबल, भलिबट, क्रिकेट जस्ता खेलको मात्र हाम्रा सञ्चार माध्यमले प्रचार गरेको पाइन्छ । खेल बिटका पत्रकार र खेलकुद पत्रकार संघ पनि धेरै पहिला गठन भएको पाइन्छ ।

‘नेपालको खेलकुदको इतिहास’ नामक पुस्तक साहित्यकार महेन्द्र चालिसेले ल्याए । चालिसे लामो समय राष्ट्रिय खेलकुद परिषदमा काम गरेका थिए । त्यस समयमा पुस्तक निकाल्नु धेरै ठूलो कुरा थियो ।

जीवनराम श्रेष्ठ भन्छन् ‘नेपालमा खेलकुद क्षेत्रका समस्या समाधान गरेर राष्ट्रको गैरव बढाउन, खलाडीको भविष्य सुनिश्चत र खेल क्षेत्रको विस्तार गर्नुपर्छ’

उनी राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिवमा २ पटक नियुक्त भए । उनी १२ औ र १६ औं सदस्य सचिव हुन् । आफु सत्तामा पुगेको बेलामा आफन्त नियुक्त गर्न खोज्ने धेरै काम गर्न नखोज्ने अनि भाषण मात्र गर्ने गरेकोले खेल क्षेत्र विकास हुन नसकेको खेलप्रेमीहरूको भनाइ छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन ।

सूचना प्रविधि विकाससँग युवा वा बालबालिकाहरू मोवाइलमै खेम खेल्नेहरू बढेका छन् । मोबाइल र इन्टरनेटप्रति बढ्दो ‘क्रेज’का कारण रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको हुन् ।

‘सलाईको बट्टालाई धागोले जोडेर बनाएको टेलिफोनमा साथीहरू मिलेर कुराकानी गर्दै खेल्ने बालापनका रोमाञ्चक खेल अहिले लोप भएको शिक्षक शिशिर न्यौपाने सम्झन्छन् ।’ उनी भन्छन्,‘त्यो बालपनको याद आउछ अहिले त्यो माहोल रहेछ ।’

पहिले कागजको चरा बनाएर उढाउने, ढुङ्गा पानीमा तैराउने, झिगालाइ सलाइको बट्टामा थुनेर रेडियो बजाउने जस्ता खेल हुन्थे अहिलेका त मोबाइलमै झुम्मिन्छन् र थरी थरीका एपमाबाट मोबाइलमै खेल्छन् ।

परम्परागत रैथाने र रोचक खेलहरू अहिले हराएको ललितपुरका सुजन घिमिरे सुनाउछन् । उनी भन्छन् ‘नयाँ खेलहरू विकास हुनु राम्रो कुरा हो तर अन्य देशको तुलनामा हाम्रो देशले खेल क्षेत्रमा लगानी छैन । न निजी क्षेत्र न सरकारी छ अरु देशमा सरकारले धेरै प्रमोट गर्छ ।’

नयाँ पुस्तामा फ्रि–फायर, पब्जी तथा युवाहरू तास र लुँडो जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यासबिनाका आधुनिक खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको धनकुटाका पदम खत्री सुनाउछन् । उनी थप्छन् ‘परम्परागत रैथाने खेल त लोप भयो यसले जनस्वास्थ्यमा पनि असर गरेको छ ।

जिल्ला खेलकुद महासंघ रसुवाका सचिव बिराज तामाङ भन्छन् ‘सरकारले नै खेल क्षेत्रको उपेक्षा गरेको छ । आज पनि चन्दा उठाएर खेलाडीहरू भाग प्रतियोगितामा भाग लिन पठाउनु परेको छ’ कसरी हुन्छ खेलको विकास ?

खेल क्षेत्रमा लागेको संस्थाहरूको संस्थागत विकासमा टेवा पु¥याउनु राज्यको कर्तव्य हो उनी थप्छन् ‘सरकारी प्रथामितामा नपरेपछि नेपालको खेल क्षेत्र कसरी उभो लाग्छ ।’

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा गाउँघरका केही परम्परागत रैथाने खेललाई समेत खेलकुदभित्र समेटेको पाइन्छ छ ।

तर हालसम्म परम्परागत खेल संरक्षण बारे चासो लिएको देखिएको छैन । सरकारले पनि खेलमैत्री वातावरणको विकास गर्न सकेको छैन ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?