निर्मला कुर्मीको न्यायका लागि सडकमा (फोटो फिचर)

बाँके, पुस २५

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं १७ परसपुरकी बासिन्दा निर्मला कुर्मीको अवस्था अज्ञात भएको १२ बर्ष भइसकेको छ । उनको परिवारको नाममा रहेको अथाह सम्पत्तिको लोभमा स्थानीय नेता बादशाह कुर्मीले उनलाई अपहरण गरेको आन्दोलनरत पक्षको आरोप छ ।

निर्मला कुर्मीका पतिकाे निधन भएको केही वर्षपछि दुई छोराहरूको समेत श्रृंखलावद्ध मृत्यु भएको थियो । मृत्युपछि निर्मलाले कान्छो छोराको शव पोष्टमार्टम गर्न माग गर्दा उनीमाथी चरम यातना दिइएको र पछि उनलाई अपहरण गरिएको अधिकारकर्मी खानको दाबी छ ।

सत्ता र शक्तिको पहुँचका आधारमा निर्मलामाथी ज्यादति भएको र घटनालाई सामसुम पार्न राज्य संयन्त्र समेत लागेको खानको जिकिर छ ।

महिला अधिकारकर्मीहरू, कुर्मीका छिमेकीहरू र आफन्तहरुले चरणवद्ध आन्दोलन गर्दै आइरहेका छन् । नेपालगंजबाट हिंडेरै काठमाडौं आएका आन्दोलनकारीहरूले कुर्मीले न्याय नपाएसम्म यो आन्दोलन स्थगित नहुने बताएका छन् ।

तस्वीरहरू : कौशल उप्रेती

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?