फाेटाे फिचर
रसुवा, पुस २५
धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि रसुवाकाे ११ औं वार्षिक साधारण सभाले असल बचतकर्ता तथा उद्यमी महिलाहरूलाइ सम्मान तथा पुरस्कृत गरेकाे छ ।
सभामा संस्थाले यसवर्ष कुल १० लाख ९२ हजार नाफा घाेषणा गरेकाे जनाएकाे छ । कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, उपाध्यक्ष मिरा तामाङ, कालिका गापा पुर्व अध्यक्ष सिता अधिकारी, वडा अध्यक्षहरू दावा तामाङ , फणिन्द्रप्रसाद न्याैपानेलगायतले शुभकामना दिएका थिए ।
९ सय ९५ जना सेयर सदस्य रहेकाे सहकारीलेकाे साधारण सभा कार्यक्रममा ३ उत्कृष्ठ महिला उद्यमीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद पाैडेल, प्रबन्धक पुर्णप्रसाद न्याैपाने, लेखा संयाेजक तारा कार्की सेयर सदस्यहरूलगायतले मन्तब्य दिएका थिए ।
११ औं साधारण सभा सहभागीहरू
तस्वीरहरू : हेमनाथ खतिवडा