संविधानलाई बलियो बनाउन ‘प्रचण्ड’लाई विश्वासको मत दियौँ – देउवा

काठमाडाैं, पुस २६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्वकाे सरकारलाई विश्वासको मत दिन लागेकाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए  । उनले लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन र संविधानलाई बलियो बनाउन मत दिएकाे बताएका छन् ।

सरकारलाई विश्वासको मत दिएर कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने उनले स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा देउवाले संविधानको रक्षाका लागि उभिने विश्वासका साथ सरकारलाई समर्थन गरेको बताएका हुन् ।

प्रतिपक्षमा रहेर गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने र महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दलहररूबीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुगर्नेमा कांग्रेसको दृढ मत गरेको उनले बताए ।

लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन र संविधानलाई रक्षा गर्नु र संविधानको सार्थक कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसका लागि सहकार्य र सहमति आवश्यक रहेको सभापति देउवा बताए ।

यो पढ्नु भयो ?