साझाकथा संवाददाता
नुवाकाेट, पुस २६
जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी कानून विपरीत सञ्चालन भएकाे चारवटा क्रसरमा ताला लगाएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले चारवटा क्रसरमा ताला लगाएको हाे
कानूनविपरीत सञ्चालनमा रहेकोले लिखु गाउँपालिकाको दुई, पञ्चकन्या र तादी गाउँपालिकाका एक एक गरी चारवटा क्रसरमा ताला लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
टोलीले लिखु गाउँपालिका-१ स्थित सुर्यकुण्ड रोडा ढुंगा उद्योग प्रालि, लिखु-४ स्थित क्षेत्रपाल क्रसर प्रालि, तादी गाउँपालिका-३ स्थित दुप्चेश्वर क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका-२ नेसनल लाईन एण्ड स्टोन प्रालिमा पुगेर अनुगमन पछि ताला लगाएको हो।
लिखु-४ को मृत सन्जिवनी क्रसर र पञ्चकन्या गाउँपालिका-२ मा रहेको नाट्येश्वरी रोडा ढुंगा उद्योग प्रालिलाई भने सचेत गराएको छ।