पुष २७ को विदा राजाका लागि होइन – सचिव भट्टराई

काठमाडाैं, पुस २६

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुष २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभई नेपाल एकीकरण गर्ने नायकको सम्मानको रुपमा भएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सचिव भट्टराईले पुस २७ गतेलाई पृथ्वीनारायण शाहको जन्म दिन वा राजाको जन्मदिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मानको रुपमा विदा दिने निर्णय भएको जिकिर गरे ।

उनले पुष २७ गतेको दिन नेपालीका लागि धेरै महत्वपूर्ण दिन र राष्ट्रिय पर्व पनि भएको दाबी गरे । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य रहेको उनको भनाई छ ।

ससदमा राजनीतिक दलहरुको संख्याका आधारमा सत्ता शक्ति बदलियको भन्दै उनले बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने बताए ।

नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै उनले अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेको बताए । वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने उनको भनाई थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?