पुस्तक प्रदर्शनी सुरु

काठमाडाै, पुस २६

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।

आगामी माघ १० सम्म सञ्चालन हुने प्रदर्शनी उद्घाटन गर्दै पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रदर्शनीले पुस्तक पढ्ने बानीको विकास गर्न सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा शब्दकोश, ग्रन्थकोश, अनुसन्धनात्मक पुस्तक, धार्मिक, सामाजिक, ऐतिहासिक, दर्शन, बालसाहित्य, समालोचना लगायतका विभिन्न पुस्तकहरु राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १० देखि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनी नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी जयन्ती, प्रज्ञा–प्रतिष्ठानको जन्मजयन्ती, नयाँ वर्ष, भानुजयन्ती, मोदी जयन्तीलगायतका अवसरमा पुस्तक मेला आयोजना गर्दै आएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका व्यवस्थापक प्रमुख सुधीर ढुङ्गेले अघिल्लो प्रदर्शनीमा १५ दिनमा रू आठ लाख बराबरको पुस्तक बिक्री भएको जानकारी दिए ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?