सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान

काठमाडौ, पुस २६

मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ ।

देशको संघीय  राजधानी काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड तथा बृहत सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रा.लीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड -२०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड-२०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

मन बहादुर पुनको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री दलजित श्रीपाली, बिसिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक नाम्जाली मगर, अतिथिहरू नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुन मगर, सौर्य दैनिका पत्रकार बाबुराम सिग्देल, पत्रकार, समाजसेवी नवराज कार्की सहभागी थिए ।

समाजसेवी तथा ब्यासायी झलक थापा मगर,गायक हर्क बहादुर घर्ती मगर, गायक नन्द घर्ती मगर, गायक देवीराम रानालगायतको उपस्थितिमा विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” छैठौ मनास्लु राष्ट्रिय अर्वाड – २०७९ सम्मानबाट गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?