सरकारलाई विश्वासको भारी मत

साझाकथा संवाददाता

काठमाडाैं, पुस २६

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भारी समर्थन प्राप्त गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका २६८ सदस्यले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए ।

सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादीलगायत स्वतन्त्र सांसदले पनि सरकारको पक्षमा मत दिएका छन् ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसदले मात्रै प्रचण्डको विपक्षमा मतदान गरे । अरु ५ जना सांसद बैठकमा उपस्थित भएनन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै आफ्नो लागि यो ऐतिहासिक भएको बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?