मुडा व्यवसायी पलायन हुने अवस्थामा

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

झापा, पुस २६

झापाका मुडा व्यवसायी देश बढ्दो आर्थिक तरलताको असरका कारण धेरै प्रभावित भएका छन् ।

बजार अभाव भएपछि उनीहरू समस्यामा परेका हुन् ।  बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घरेलु व्यवसाय थालेका उनीहरूले आफ्नै श्रम खर्चिएर मुडा बनाउँदा समेत मुडाको उचित बजार मूल्य नपाउँदा समस्या परेका हुन्।

दिनप्रतिदिन मुडाको बजार भाउ खस्किँदै गइरहेकाले व्यवसायीलाई आफ्नो घरपरिवार कसरी चलाउनु र बैंक तथा वित्तीय संस्थाबाट लिएको रकमको ऋण र ब्याज कसरी तिर्नु भन्ने समस्या परेकाे छ ।

झापाको मेचीनगर नगरपालिका–१२ र अर्जुनधारा नगरपालिका–१० स्थित कालिझोडाका चार सयभन्दा बढी घरपरिवारले मुडा उत्पादन गरी आफ्नो दैनिकी गुजारा चलाउँदै आइरहेका छन्।

यहाँबाट उत्पादित मुडाहरू झापासहित चितवन, मकवानपुर, काठमाडौं, पोखरा, वीरगन्ज, भैरहवा, विराटनगर, धरानलगायतका बजारमा उनीहरूले बिक्री वितरण गर्दै आइरहेका थिए ।

तर, अहिले आफ्नो उत्पादनले उचित मूल्य नपाउँदा फाइदाको त कुरै भएन लगानी उठाउन हम्मे हम्मे पर्न थालिसकेको मुडा व्यवसायी पदम  राईले गुनासो गरे ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?