साझाकथा संवाददाता
काठमाडाै, पुस २७
प्रायः १२–१३ हात अग्लो बोट, दह्रो काठ, खरानी रङको चिल्लो बोक्रा तथा चम्किला, हरिया र हातले माड्दा बास्ना आउने मसिना पात, नीलोमा रातो मिसिएका रङ भएका फूल फुल्ने र फूलबाट आनन्ददायक बास्ना आउने रूखको मसलाका निम्ति प्रसिद्ध ससाना सुकेको फूललाई ल्वाङ भनिन्छ । पहिला हरिया देखिने यी फूलका कोपिलाको सुकाएपछि रङ बदलिन्छ ।
मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्याउँछ।
–मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने। ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ।
–एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने। पानी मनतातो भइसकेपछि पिउँदा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ।
– पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र केही दिनसम्म खाने गर्नाले राहत पाउन सकिन्छ।
–एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने, पानी चिसो भएपछि पिउने गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्छ।
–गर्धन दुखेको समस्यामा तोरीको तेलमा केही वटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्दा दुखाइ अन्त्य हुन्छ।
–दाँत दुखेमा दुई तीनवटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने र यो मिश्रण दाँतमा घस्ने गर्दा राहत पाइन्छ।
–दुई तीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउने गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ।
के के छन् अरू फाइदाहरू
एसिडिटी – ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।
मुटुको समस्या – दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।
घाउ – ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।
रोगसँग लड्ने क्षमता – यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।
अनुहारमा चमक – दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।
नरम छाला – ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।
कमजोरी भगाउँछ – यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।
आँखाका लागि – अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।
दाँत दुखाई – ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।
पिनास – यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।
समाचार एजेन्सीकाे सहयाेगमा