काठमाडाैं, पुस २८
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
उनलाइ माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका हुन् । एमालेसँग आलोपालो गर्ने सहमति अनुसार शर्मा पहिलो मुख्यमन्त्री भएका हुन् ।
पहिलो साढे दुई वर्ष शर्माले सरकारको नेतृत्व गर्नेछन् भने अर्को साढे दुई वर्ष एमालेका यामलाल कँडेलले नेतृत्व जनाइएकाे छ ।
तपाईलाई केहि भन्नु छ ?