हाम्रो हैसियत वडा सदस्य जति पनि भएन – राष्ट्रिय सभा सांसद

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

काठमाडाैं, पुस २८

राष्ट्रिय सभा सांसदहरुले आफूहरुको हैसियत वडा सदस्य जति पनि नभएको भन्दै रोष प्रकट गरेका छन् । मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो व्यवहार भएको भन्दै उनीहरुले राम्रो सम्मान नपाएको गुनासो गरेका छन् ।

विहिवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरुले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे ।

उनीहरूले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्य भन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए । राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताए ।

उनले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादा समेत नपाएको गुनासो गरे । उनले विभिन्न कार्यक्रममा समेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको बताए । अहिलेको यस्तो अवस्थालाई स्थापित गराउनको लागि समितिले प्रभावकारी काम गर्न आवश्यक रहेको उनको भनाई थियो ।

अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताए । उनले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताए ।

सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने बताइन् । उनले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताइन् ।

सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताइन् । उनले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने प्रष्ट पारिन् ।

सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको गुनासो गरिन् । उनले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनैपनि विषय कतै कार्यान्वयनमा नआएको जानकारी दिइन् ।

त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?