अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

हुम्ला, पुस २८

दाेस्राे स्थानीय निर्वाचनकाे समयदेखि  निकै चर्चा चलेकाे अनुदानको चुलो नौ महिनादेखि हुम्लामा बेवारिसे भएकाे छ ।

जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे अवस्थामा पुगेकाे छ ।

छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।

गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिए ।

दुई सय सय ४० थान चुलो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा एक सय १७ थान चुलो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पु¥याइएको भाडा सम्बन्धित निकायले नदिएपछि दुई सय ४० चुलो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएकोे बताइएको छ ।

आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उहाँले गुनासो गर्नुभयो । ती चुला ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि भनी लेखिएको छ ।

उक्त गाउँपालिकाको कुन वडाले उक्त चुलो खरिद गरेको भन्ने पहिचानसमेत हुनसकेको छैन ।

बेवारिसे छोडिएका चुलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७/७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुलो खरिद गरिएको बताए ।

सिमकोटसम्म पु¥याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त चुलोको एउटा कै रु आठ हजार पाँच सयमा खरिद भएको बताइएको छ ।

एक हजार एक सय १६ घरधुरीका लागि उक्त चुलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी सात सय ५९ चुलोको अत्तोपत्तो छैन ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?