सहकारीमार्फत खसी बोकाको बजारीकरण सुरू

साझाकथा संवाददाता

सल्यान, पुस २८

ग्रामीण बस्तीमा सहकारीमार्फत खसी बोकाको बजारीकरण हुन थालेको पछि किसान खुसी भएका छन् ।

व्यापारीले खसी बोकाको मूल्य निर्धारण गर्दा मारमा किसानहरू परिरहेको अवस्थामा सहकारीले मार्फत बजारीकरण गर्न थालेपछि किसानहरूको बजारमा पहुँच सुनिश्चित भएको छ ।

आफूहरूले उत्पादन गरेका खसी बोका सहकारीमार्फत बेच्न थालेपछि बजार निकै सहज भएको किसानहरूको भनाई छ ।

समूह र सहकारीमा आबद्ध  दिदीबहिनीहरूले पालेका खसी बोकाका पहिले अन्दाज गरेर बेच्दा अति नै घाटा व्यर्होनुपरेको दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था त्रिवेणी गाउँपालिका १ राम बजारकी अध्यक्ष भोजकुमारी बुढाथोकीले बताइन् ।

उनले भने “पहिले गाउँमा आउने व्यापारीले जे मूल्य लगायो त्यसमा अलिकति तलमाथि गरेर बेच्ने गरिन्थ्यो त्यसले निकै घाटा हुन्थ्यो तर अहिले सहकारीबाट तौलेर तौलको हिसाबमा बेच्दा फाइदा हुने गरेको छ ।”

बजीकरणमा समस्या नहोस् भन्नका लागि आफूहरूले सहकारीमार्फत यो काम सुरु गरेको बुढाथोकीको भनाई छ । गत वर्ष सहकारीमार्फत ५०० सय खसी बोका बिक्री गरेको बताउँदै यस वर्ष ७ सय बिक्री गर्ने लक्ष्य लिएको र हालसम्म ३ सय बिक्री भइसकेको उनले बताइन् ।

किसानले हचुवाको भरमा खसी बोका बेच्दै आएकोमा सहकारीमार्फत किसानले तौल गरेर बेच्ने गरेको नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पूजा भण्डारी बताउँछिन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?