अझै खच्चडबाट ढुवानी

साझाकथा संवाददाता

हुम्ला, पुस २९

सडक नजाेडिए पछि हिमाली जिल्ला हुम्लामा अझै खच्चडबाट दैनिक उपभाेग्य बस्तुकाे  ढुवानी गर्नु पर्ने बाध्यता छ ।

अहिले इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो ।

जुम्लाका खच्चड व्यवासायी पदम रोकायाले सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि खच्चडबाट इन्धन ढुवानी गर्ने कार्य भइरहेको बताउछन् ।

उनले बर्खामा सडक भत्किएका कारण इन्धन ढुवानी कार्य रोकिएकामा हाल सडकको मर्मत भएर सञ्चालनमा आएपछि खच्चडमा इन्धन ढुवानी सुरु भएको बताए ।

उनले इन्धनमा पेट्रोल र डिजेल ढुवानी हुने र त्यसका लागि सलीसल्लाबाट प्रतिलिटर ५० रुपियाँ, सर्केगार्डबाट ४० रुपियाँ र दुल्लीकुनाबाट ३० रुपियाँ भाडा लिने गरिएको बताए । यसरी ढुवानी गर्दा सामग्रीकाे मूल्य धेरै महंगाे गर्छ ।

माथिल्लो हुम्लामा इन्धनको अभाव भइरहेका बेला खच्चडमा ढुवानी गर्ने कार्य सुरु भएको हो । यसअघि हेलिकोप्टरबाट इन्धन ढुवानी गर्दा भाडा महँगो पर्ने भएपछि यातायात व्यवसायी र निर्माण व्यवसायी पैदल मार्गबाट इन्धन ढुवानी गर्न थाले ।

खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले हेलिकोप्टरबाट ढुवानी भएको इन्धनभन्दा पैदल मार्गबाट खच्चडमा ढुवानी भएको इन्धन सस्तो पर्ने भएका कारण पहिलेको मूल्यभन्दा कमी आएको बताए ।

सिमकोटमा डिजेल प्रतिलिटर ३१४ रुपियाँ (३५ लिटरको ग्यालेनको ११ हजार) र पेट्रोल प्रतिलिटर साढे चार सय रुपियाँ पर्ने गरेको उनले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?