गोसाइँकुण्ड युवा क्लब रजतवर्ष मनाउँदै

साझाकथा संवाददाता

रसुवा, पुस २९

एतिहासिक पर्व “गोरु जुधाइ प्रदर्शनी तथा मकर सङक्रान्ति मेला-२०७९” अन्तर्गत गोसाइँकुण्ड युवा क्लब रजतवर्ष मनाउन लागेकाे छ ।

गोसाइँकुण्ड युवा क्लबका प्रचारप्रसार विभाग शशी डंगाेलका अनुसार  क्लब स्थापनाको रजत बर्ष-२०७९ हर्सोल्लासका साथ मनाउन लागेकाे हाे ।

निस्वार्थ भावनाले सबैजना एकजुट भै हाम्रो बेत्रावतीबजारको एतिहासिक,साँस्कृतिक परम्परालाई जोगेर्ना गरौं  भन्ने नाराका साथ माघ १ गते बेत्रावतीको एतिहासिक पर्व “गोरु जुधाइ प्रदर्शनी तथा मकर सङक्रान्ति मेला -२०७९” गर्न लागेकाे हाे ।

मेला अन्तर्गत भोलि पुस -३० गते,बेत्रावतीबजारमा चर्चित सांगीतिक समूह Divine SOUL Band र नुवाकोटे राष्ट्रिय गायक  ध्रुब तामाङका साथै रसुवा-नुवाकोटका कलाकारहरूको दोहोरीको साथमा नृत्य तथा मनाेरञ्जनात्मक रहेकोेले मनोरञ्जनका लागि  र कार्यक्रम सफल बनाउन उपस्थितिको लागि अनुराेध गरेका छन् ।

गोसाइँकुण्ड युवा क्लब रजत वर्षको शुभ अवसरमा बिदुर नगरपालिका,नुवाकोट र उतरगया गाउँपालिका, रसुवाको सहआयोजनामा संघीय संसद मोहन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेकाे  गोसाइँकुण्ड युवा क्लबले जनाएकाे छ ।

यहाँ विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गर्दछ । ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ ।

त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । गोसाइँकुण्ड युवा क्लब यस्ताे मेलाकाे ब्यवस्थापन गर्ने गरेकाे छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?