घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

साझाकथा संवाददाता

काठमाडाैं, पुस २९

नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उमेदवारको रुपमा उठेर पराजित नेता भुसाल आज समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

सुरुमा भुसालले एकताका लागि राजनैतिक तथा सैद्धान्तिक विषय समेटेर लामो पत्र लेखेका थिए । केही दिनपछि समाजवादीले पनि भुसाललाई पार्टीमा स्वागत गर्ने भन्दै जवाफी पत्र लेखेको थियो ।

शुक्रवार २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा एक कार्यक्रमबीच उनी पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ । गत निर्वाचनमा उम्मेदवार बन्न नपाएसँगै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका उनले स्वतन्त्र उमेदवारी दिएका थिए । उनी एमालेकै छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

नेपाली राजनीतिमा दार्शनिक नेताको छवि बनाएका भुसालले समाजवादीमा पदाधिकारीको हैसियत पाउने बताइएको छ । छोटो अवधिका लागि केपी ओली नेतृत्वको सरकारमा कृषि मन्त्री भएका भुसालले अपेक्षित काम गर्न नसकेपछि उनको आलोचना हुँदै आएको छ ।

स्याङ्जामा जन्मिएका भुसाल पारिवारिक बसाइसराईसँगै रुपेन्देही झरेका थिए र त्यहिँबाट उनले राजनैतिक यात्रा आरम्भ गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?