साझाकथा संवाददाता
काठमाडाैं, पुस २९
अङ्ग्नेजीमा नेटल(Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ ।
यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
चैत बैशाखकाे समयमा सिस्नाे खाने चलन छ । पहिले दुख पाएकाहरू र गरिबको खानाको रुपमा लिने गरिन्थ्याे । खानेकुरा केही नपाएमा मात्र सिस्नो खाने कुरा हाे भनेर भन्ने बुझिन्थ्यो । तर अहिले धनी गरिब सबैले बिस्तारै यसको सेवन गर्न थालेको पाइन्छ ।
ठूला तारे होटलहरुमा त यो खाना विशेष रुपमा राखिन्छ । सिस्नाे र ढिंडाे खाने भनेपछि अहिले धेरै चर्चा हुने गर्दछ । खानेहरूले जति खाएपनि यसमा के तत्व पाइन्छ जानकारी छैन ।
अझै पनि यसका बारेमा प्रसस्त चेतना भने पुगेको छैन्। यो दुःखका वेलामात्र खाने वस्तु होइन। सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्त्व प्रचूर मात्रामा पाइन्छ।
कसरी खाने
सिस्नोलाई राम्ररी सफासँग पखालेर उसिन्ने। पछि अन्य तरकारी जस्तै तेल, नुन, खुर्सानी, लसुन, टिमुर आदि पकाउने।
सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने। उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
आजभोलि सिस्नोको चिया खाने चलन पनि छ। ग्रीन टी जस्तै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ । सिस्नाेकाे पाउडर पनि पाइन्छ । याे दाल रूपमा खान सकिन्छ ।
फाइदा
सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ।
पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्छ। साथै अपचको समस्या समाधान गर्छ।
हाडजोर्नी दुख्ने वा बाथको समस्या भएकाले सिस्नोको रस खाए फाइदा हुन्छ।
सिस्नोको फूल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ।
सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ।
यसले डीएनए क्षय हुनबाट बचाउँछ र नयाँ कोष निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
कपास झर्ने समस्या र डण्डीफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ।
प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई राहत प्रदान गर्छ।
समाचार एजेन्सीहरूकाे सहयाेगमा