साझाकथा संवाददाता
रसुवा, पुस ३०
गाेसाइकुण्ड गाउँपालिका – १ थुमनबाट काठमाडाै जाने आउने सार्वजनिक बस सञ्चलन भएपछि गाउँले खुसी भएका छन् ।
वडा कार्यालयको अनुरोधमा प्रत्येक घर धुरीबाट १ जना उपस्थित भइ सडक मर्मत तथा सरसफाइमा १ दिन श्रमदान गरेपछि बस सेवा सुरू भएकाे वडा अध्यक्ष उर्केन लामाले बताए ।
वडा अध्यक्ष लामाले सम्पूर्णमा थुमन वडा कार्यालय स्थानीय सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।
स्थानीय निर्वाचनकाे समयमा वडाअध्यक्षले बस सेवा सुचारू गर्ने बचन दिएका थिए । नमस्ते पासाङल्हामु यातायात प्रालिकाे बस सेवा नियमित सञ्चालन भएकाे अध्यक्ष लामाले जानकारी दिए । थुमन गाउँवाट सिधै काठमाण्डाैसम्म बस सेवा सुरू भएपछि तार्सा, देश्यागाउँ र मेन्दाेगाउँका स्थानीय धेरै खुसी छन् ।
सडक बनेपनि लामाे समयदेखि थुमनबासी राेङ्गादेखि पैदाल यात्रा गरेर गाउँ पुग्नु पर्दथ्याे । बस सेवा सुरू भएपछि अहिले वडाबासी खुसी भएका छन् । थुमनबाट बिहान ८ : ३० बजे र काठमाडाैकाे माछापाेखरीबाट बिहान ६ बजेबाट बस नियमित चल्ने तामाङले बताए ।
पहिले पटक बस लैजाने चालकलाइ स्थानीयले स्वागत गरेका थिए । बस सेवा सुरू भएपछि जननिर्वाचित वडा अध्यक्ष उर्केन तामाङलाइ टाेल टाेलमा स्थानीयले सहजिकरण गरेर बस सेवा सुरू गरेकाेमा खादा र माला लगाएर स्वागत गरेकाे स्थानीयले बताए ।