काठमाडाैं, पुस ३०
लेखक तुलसी आचार्यद्वारा लिखित दोस्रो उपन्यास ‘स्वप्नभूमि’ को आज आयोजित एक कार्यक्रममा नायक राजेश हमालले लोकार्पण गरे ।
अमेरिकालाई सपनाको देश देखेर अध्ययन, व्यापार व्यवसाय, आर्थिक लाभका लागि नेपाल छाड्नेहरुले त्यहाँ गरेको सङ्र्घष, जन्मभूमिप्रतिको माया, आफ्नो संस्कार आदि कारणले प्रकारान्तरमा नेपाललाई नै स्वप्नभूमि देखेर फर्किएको विषयलाई कृतिमा समेटेको लेखक आचार्यले बताए ।
नायक हमालले भने , “आफ्नो परम्परा, संस्कृतिलाई गहिराई नबुझी सपनाको संसार देखेमा गलत प्रमाणित हुन सक्छ ।” समीक्षक राजकुमार बानियाँले विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय रहेको बताए ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?