तीन करोडको लगानीमा कालिज फार्म

तनहुँ, माघ १

जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरे  । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्न थालेका छन् ।

करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए ।  केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उहाँको सोच रहेको छ ।

कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उनले भने , “उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।”

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज रु दुई हजार पाँच सय र पोथी रु एक हजार आठ सयमा बिक्री गर्दै आएको उनले बताए ।

अण्डाको प्रतिक्रेट नौ सय रूपियाँमा बिक्री हुन्छ । उनले भनभयो, “फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।”

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए ।

सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ ।

कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड् दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?