पठाओ राइडरहरू जोगिन तारा बरालकाे सुझाव

काठमाडाै, माघ १

सामाजिक अभियन्ताका रुपमा चर्चामा रहेकी तारा बरालले पेशेवर महिलाहरूबाट पठाओ राइडरहरू जोगिन सुझाव दिएकी छिन् ।

आज शनिबार नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएकी उनले पेशेवर महिलाले अफलाइन राइडरहरूलाई फसाउन सक्नेतर्फ सचेत गराएकी हुन् ।

उनले पठाओ राइडरले अफलाइन राइड गरेर दुर्घटना भएको अवस्थामा त्यसको जवाफदेही सरकार हुन नसकेको पनि बताएकी छिन् । अफलाइन यात्रा चालक र यात्रु दुवैका लागि खतरा हुन्छ उनले बताइन् ।

यस्तै, उनले यातायात व्यवसायीलाई बीमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको आरोप पनि लगाएकी छिन् ।

निजी अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग विरामी किनबेच गर्ने गरेको र सेटिङको आधारमा एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइते भएकालाई प्राइभेट अस्पतालमा पुर्याउने गरेको पनि उनको आरोप छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?