राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन

लमजुङ, माघ १

जिल्ला प्रशासन कार्यालय लमजुङले माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैध्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?