साझाकथा संवाददाता
पाेखरा , माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरू विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरू जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।
‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री लामिछानेले बताए ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर हालका लागि पाेखरा जाने कार्यक्रम स्थगित भएको हो ।
तपाईलाई केहि भन्नु छ ?