साझाकथा संवाददाता
पाेखरा, माघ १
सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो । सेती नदीको खाेंचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको शाहीले बताए । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
तपाईलाई केहि भन्नु छ ?