हालसम्मकै ठूलो विमान दुर्घटना

साझाकथा संवाददाता

कास्की, माघ १

यस अघि धेरै दुर्घटना भएपनि पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो दुर्घटना भएको छ ।

याे दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?