१० वर्षमा विमान दुर्घटनाबाट १७८ जनाले ज्यान गुमाए, आयोगका प्रतिवेदन लागू हुनेमा आशंका

साझाकथा संवाददाता

काठमाडाैं, माघ १

जबजब नेपालमा जहाज दुर्घटना हुन्छ । नेपाली आकाशको सुरक्षाका सम्बन्धमा प्रश्नहरू खडा हुन्छन् । पोखरामा हालैमात्र उद्घाटन भएको अन्तर्राष्टिय विमानस्थल संचालन भएको केही दिन नवित्दै भयानक दुर्घटना भएपछि फेरि नेपाली वायुसेवाका सम्बन्धमा वग्रेल्ती प्रश्न उठ्न थालेका छन् ।

पोखरा विमान दुर्घटना नेपालमा आन्तरिक उडानतर्फ भएको सबैभन्दा ठूलो र भयानक दुर्घटना हो । तर दुर्घटना नयाँ भने होइन । पछिल्लो १० वर्षमा मात्रै १ सय ७८ जना बढीले विमान दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । सन् २०१२ यता हरेक वर्ष भएका विमान दुर्घटनामा १ सय ७८ जनाले ज्यान गुमाएका हुन् ।

हेर्नुहुोस् कुन सालमा कहाँ दुर्घटना भयो र कति जनाले ज्यान गुमाए…

  • २०१२ मा ३ वटा विमान दुर्घटना भए । जोमसोम, डोल्पा, र भक्तपुरमा गरी ३ वटा विमान दुर्घटना भए जसमा ३४ जनाको मृत्यु भयो ।
  • सन् २०१३ मा जोमसोममा र सिमिकोटमा गरी २ वटा विमान दुर्घटना भए पनि मानवीय क्षति भएन ।
  • सन् २०१४ मा अर्घाखाँचीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो ।
  • सन् २०१६ मा म्याग्दी, कालिकोट र सिमिकोटमा गरी भएका तीनवटा दुर्घटनामा २५ जनाको ज्यान गएको थियो ।
  • सन् २०१७ मा लुक्ला र सिमिकोटमा भएको दुर्घटनामा २ जनाले ज्यान गुमाए ।
  • सन् २०१८ मा फेरि सिमिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो ।
  • सन् २०१९ मा लुक्लामा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए ।
  • २०२० मा नेपालगन्जमा भएको विमान दुर्घटना मानवीय क्षति भएन ।
  • २०२२ मा मुस्ताङमा भएको विमान तारा एयरको विमान दुर्घटनामा २२ जनाले ज्यान गुमाए।
  • २०२३ को सुरुवातमै पोखरामा भयानक दुर्घटना भयो । जहाँ ७२ जनाले ज्यान गुमाएका छन् ।

हरेक दुर्घटनापछि जाँचबुझ आयोग गठन हुन्छन् तर प्रतिवेदनहरू त्यत्तिकै थन्क्याइन्छन् । अहिले पनि फेरि जाँचबुझ आयोग गठन त गरिएको छ । तर उक्त आयोगको प्रतिवेदन कार्यान्वयन हुने र सिफारिसलाई गम्भीरताका साथ लिने प्रयास हुनेछ भन्नेमा भने शंका छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?