विमान दुर्घटना ६ जना अझै बेपत्ता, ब्ल्याक बक्स पनि भेटिएको छैन

साझाकथा संवाददाता

कास्की, माघ २

हिजाे पाेखरामा भएकाे विमान दुर्घटना ६६ जनाको शव प्राप्त भइसकेको छ भने चार बेपत्ता छन् । उनीहरूकाे खोजी जारी रहेको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९ एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेती खोचमा खसेकाे थियाे ।

साे विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना रहेका थिए ।  विमानको ब्ल्याक बक्स पनि भेटिएको छैन ।  याे नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । पोखरा शोकमा डुबेकाे छ ।

यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?