आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइयो

साझाकथा संवाददाता

पाेखरा, माघ २

७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएको शोकमा सरकारले आज (सोमवार) विदा दिएको छ । साथै आज सार्वजनिक स्थान, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले बताएको छ ।

आईतवार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यती एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्कीको नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

घटनामा ६८ जनाको निधन भएको पुष्टि भइसकेको छ । शवहरुलाई आज परिवारको जिम्मा लगाउने क्रम सुरु भइसकेको छ । ६ जनाको शव अझै फेला परेको छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?