साझाकथा संवाददाता
काठमाडौं, माघ २
मानिसका लागि अहिले सामाजिक सञ्जाल धेरै सूचना प्रबाह गर्ने र प्राप्त गर्ने थलो बनेको छ । मानवीय संवेदना, खुसी वा दुःख वा अन्य खबर सामाजिक सञ्जालबाट नै धेरै प्रकट हुने गर्दछ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा पनि त्यस्तै भयो ।
पोखराका लागि उडेको यती एयरको विमानदुर्घटनाको सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमा तत्कालै फैलियो । सर्वसाधारणदेखि देशका उच्च पदमा रहेका नेताहरूले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्ने र समवेदना प्रकट गरे ।
पोखरामा भएको विमान दुर्घटनाप्रति विश्वभरका धेरै सञ्चार माध्यम र सरकारले पनि चासो दिए । चीन र संयुक्त राज्य अमेरिकालगायत देशले दुःख व्यक्त गरे ।
काठमाडौँबाट पोखराका लागि आइतबार बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए ।
एकातिर ठूलो दुर्घटना भएको छ अर्कोतिर उद्धारमा जानुको सट्टा सामाजिक सञ्जालमा अरू रमाइलो तस्वीर पोष्ट गरेकोप्रति पनि टिप्पणी गरे । त्यसो त विमान दुर्घटनाकै सन्दर्भमा सामाजिक सञ्जालमा मानवीय समवेदना बिर्सेर फोटो खिच्नेहरूप्रति पनि चोटिलो प्रहार भएको छ ।
ट्वीटरमा मन्दिरा लेख्छिन्, ‘चाडपर्वको दिनमा त्यत्रो दुःखदायी घटना भयो ।’ त्यही ठाउँमा उद्धार कार्यमा सहयोग गर्नु त कता हो कता उल्टो आफ्नै फोटो खिचेरबस्दै छ मानबता हराएको डाम्ना यो, कसैले चिन्नुहुन्छ भने पु¥याइदिनु होला तस्वीर त्यसैलाइ ।
कहाँ कसरी कुन बेला पोस्टयाउछन् तैले अब यो फोटो भनेर अक्कल नभएकालाई’ अचेल आधिकारिक अफिसियल कुरा पनि फेसबुक र टवीटरमा आउछ । समाचार र बिज्ञप्तीहरू पनि सामाजिक सञ्जालमा पोष्ट गर्नेहरू पनि धेरै भेटिन्छन् ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताए । उनीहरूले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
‘यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपतिले ट्वीट गरिन् ।
नेपाली काँग्रेसका सभापति तथा पुव प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमा लेख्छन्‘काठमाडौंबाट ६८जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाको खवरले स्तव्ध भएको छु ।
यस दुखद् दुर्घटनाको तत्कालैप्रभावकारी रूपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु ।’ साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका निकायलाई निर्देशन गर्दछु ।
विमान दुर्घटनाको सन्दर्भमा धेरै सामाकि अभियन्ता तथा सर्वसाधारणले पनि सामाजिक सञ्जालमा धेरै टिप्पणी तथा समवेदना पनि प्रकट गरेर लेख्छन् । प्रतिभा बराल ट्वीटरमा लेख्छिन् ‘सार्वजनिक बिदा चाहिदैन थोत्रो जहाज आकाशमा उडाउन पाइदैन ।’
ट्वीटरमा कलाकार रामेश प्रधानमन्त्री प्रति लक्षित गरेर लेख्छन् ‘ए प्रचण्डजी हवाइदुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र ? सवै सडक, वायु र जल यातायातको दुर्घटनामा बिदा दिने हो ? हैन भने यो के हो ? किन ? भोलि सातबटा मुटुको अप्रेसन क्यान्सिल गर्नुपर्छ । भएन सर, पटक्कै भएन । ’
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा लेख्छन् काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु ।
दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु ।
सागर ढकाल सामाजिक सञ्जालमा लेख्नछन् ‘पहिले शुरु दुर्घटना आफैमा दुखदायी। दोस्रो यहि चाला हो भने अर्को दुर्घटना पनि छिट्टै हुने संकेत। सधै यही चक्र हुने निश्चित। हाम्रो १ घण्टा देखि लिएर १ बर्ष सम्मको रिस्क म्यानेजमेन्ट प्रोटोकल खोइ? रिसर्च खोइ? देशभरी बिदादिनु झन् दुःखदायी।
पोखरा विमान दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि दुख ब्यक्त गरे । उनी सामाजिक सञ्जालमा लेख्छन् ‘यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो ।’
उनी थप्छन् ‘दुर्घटनाको तत्कालै सरकारले प्रभावकारीरूपमा उद्धार गर्नुपर्छ । उनले उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन पनि दिए । ’
पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरे । पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरे ।
उनीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा लेख्छन् ‘पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।
साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ ।’
कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानायो ।
दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
त्यसैगरि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।
उनी लेख्छन् ‘चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखराका लागि उडेको विमान दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’,
सामाजिक सञ्जालमा उनले दुःखको यस घडीमा उक्त विमानमा सवार स्वदेशी तथा विदेशी यात्रुहरूको शीघ्र खोज तथा उद्धार गर्न नेपाल सरकारलगायत सम्बद्ध निकायलाई हार्दिक अपिल गरे ।
उनी लेख्छन् ‘नेपालमा बारम्बार दोहोरिरहने यस्ता घटनाले ठूलो जनधनको क्षति हुनाका साथै आन्तरिक उड्डयन क्षेत्रको विश्वसनीयता घट्दै गएको छ ।
आगामी दिनमा सुरक्षित हवाई यात्राका लागि सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिवार्य र कडाइका साथ गर्न अनुरोध गर्नुभएको छ । हवाई सुरक्षाका सम्पूर्ण उपायाहरू अवलम्बन गर्नुपर्ने छर्नेछ ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरे । मुख्यमन्त्री रावलले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरे ।
उनले‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गरे । ’
यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गरे । प्रदेश प्रमुख गुरुङले शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरे ।
गुरुङ लेख्छन् ‘दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक स्तब्ध भएको भन्दै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।’