साझकथा संवाददाता
डाेल्पा, माघ २
त्रिपुरासुन्दरी नगरपालिका–८ दागिन का नेपाली कांग्रेसका ३७ वर्षीय लोकन्द्र शाही ०७९ पुस ३० गते नेकपा एमालेका कार्यकता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघर भएका ३५ वर्षीय किशु रोकाया ३७ वर्षीय हिरा रोकाया ४० वर्षीय जयलाल रोकाया र २७ वर्षीय विष केसी र ३९ वर्षीय विरसिं बुढाको कुटपिटवाट घाईते भए ।
नेकपा एमालेका कार्यकर्ताले आफुलाई चिरपट दाउराले कुटपिट गरेको पीडितले ०७९ पुस ३० गते प्रहरी चौकी पहाडामा दिएकोे जाहेरीमा उल्लेख छ । घाइते शाहीको टाउँकोमा चिरपट दाउराले काटेर गहिरो चोट लागेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–७ मा रहेको कस्तुरी आधारभुत विद्यालयमा माघिपर्वको अवसरमा आयोजना भएको भलिवल प्रतियोगितामा भलिवल खेल्ने क्रममा दुई पक्षवीच विवाद भएको प्रहरीले जनाएको छ ।
घाइते शाहीको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएपछि नेपालगन्ज रिफर गरिएको डा. अखण्ड उपाध्यायले बताए । हवाई जहाजवाट शाहीलाई नेपालगन्ज लगिएको छ ।
आफुहरू भलिवल खेलिरहेको अवस्थामा एक्कासी आएर घाइते शाहीले नेट(जाली)थुतेपछि किन यस्तो गरेको भनि भन्दा उल्टै ढुँगा प्रहार गर्न थालेपछि हातहाला हालको अवस्थामा लडेर ढुँगामा पछारिदा चोट लागेको कुटपिटमा संलग्न भनिएका नेकपा एमालेका हिरा रोकायाले बताए ।
कुटपिटका आरोपीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेर जिल्ला पठाएको छ । प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रुद्रबहादुर शाहीले बताए ।