साझाकथा संवाददाता
हेटाैडा, माघ ३
स्थानीय सरकारले गाउँमा उत्पादित काेदाे, फापरलगायत अन्नकाे न्युनतम मूल्य ताेकेकाे छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे हाे ।
कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४५ र फापरको प्रतिकेजी ८० रूपियाँ गाउँपालिकाले निर्धारण गरेको छ । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरूले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ ।
गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए ।
तपाईलाई केहि भन्नु छ ?