प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?