नेपालमा पहिलो पटक १९५५ मा बाराको सिमरामा कालिगा एअरको जहाज दुर्घटनाग्रस्त भएको थियो जहाँ २ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६७ बर्षको अवधिमा १०४ वटा हवाई दुर्घटना भएका छन्, ९१६ जनाले ज्यान गुमाएका छन् । नेपालमा भएका भयानक दुर्घटनाहरुमध्ये मानवीय हताहतीका हिसाबले पोखरा दुर्घटना तेस्रो ठूलो घटना हो ।
यस्ता भयानक दुर्घटनाहरु दोहोरिरहनु नेपालका लागि दुर्भाग्य हो, अन्तर्राष्ट्रिय हवाई उड्डयनमा नेपालको विश्वसनियतामाथी प्रश्न उठिरहनु हो । अझ त्यो भन्दा दुर्भाग्य त विमान दुर्घटनापछि बन्ने छानविन आयोगको सक्षमता, त्यसले गर्ने अध्ययन, बुझाउने प्रतिवेदन र कार्यान्वयनमा हुने लापरबाही हो ।
तपाईलाई केहि भन्नु छ ?