सभामुखमा एमालेका घिमिरे र काँग्रेसकी न्यौपानेबीच प्रतिष्पर्धा हुने

साझा कथा । नयाँ प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका नेता देवराज घिमिरे र नेपाली काँग्रेसकी नेतृ ईश्वरी न्यौपानेबीच प्रतिष्पर्धा हुने भएको छ । आज एमालेका घिमिरे र काँग्रेसकी सांसद न्यौपानेले सभामुखका पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेको प्रस्तावकमा एमालेका नेता सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी नेता हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत छन् । यस्तै न्यौपानेको प्रस्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।

न्यौपानेलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?