डा. रूइतको जवाफमा प्रचण्डले भने, “गम्भीर छु”

साझा कथा । बहराइनकाे प्रतिष्ठित इशा अवार्ड प्राप्त गरेपछि पत्रकार सम्मेलन गर्दै नेत्र विशेषज्ञ डा. सन्दुक रूइतले आफ्नो खुसी साटे । अवार्ड प्राप्तगरेसँगै राष्ट्रपतिमा समेत उनको चर्चा चल्न थालेपछि आफ्नो काम नै प्यारो र महत्वपूर्ण भन्दै राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्टिकरण समेत दिए । संचारकर्मीसँगको कुराकानीमा उनले सरकारसँग केही अपेक्षा पनि राखे । उनले अपेक्षा राखेपछि प्रधानमन्त्रीले त्यसको रेस्पोन्स गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिने प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”

डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताएका थिए । आँखा उपचारमार्फत उनले मानव सेवामा गरेको योगदानको कदर गर्दै बहराइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?