साझा कथा, गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट माओवादी केन्द्रकी उम्मेद्वार ओनसरी घर्ती मगरलाई हराएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अन्ततः उपभामुख बन्ने भएकी छिन् ।
आज सभामुखमा सत्ता साझेदार दलबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । जसको लागि सत्ता साझेदारको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमलाई उपसभामुखमा उठाउन लागिएको हो । तथापी, पार्टीले भने औपचारिक निर्णय गरिसकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले भने ‘उपसभामुख हाम्रै पार्टीबाट बन्छ, तर को बन्छ भन्ने विषयमा भोली टुंगो लाग्दैछ ।’ तर, कानुनका विषयमा जानकार भएकाले पार्टी भित्र गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो रहेको ती नेताको भनाइ छ ।
तपाईलाई केहि भन्नु छ ?