बाह्रौं तलाबाट हामफालेर ज्यान गुमाएका निराकारको शव ल्याइँदै

साझा कथा,
कम्बोडियास्थित ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा आगालागी भएपछि ज्यान जोगाउन १२ औं तलाबाट हामफाल्दा मृत्यु भएका निराकार पाण्डेको शव आज राति नेपाल ल्याइँदैछ ।
झापा बिर्तामोड स्थायी घर भएका निराकारको गत पुस १५ गते बिहान मृत्यु भएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट मृतक पाण्डेको सबै कागजात पठाएसँगै कम्बोडिया सरकारले शवको प्रमाणीकरण गरी नेपाल पठाउने व्यवस्था मिलाएको हो ।

निराकारका बुवा अग्नि पाण्डेले आज थाइल्याण्डबाट नेपाल एयरलायन्समा छोराको शव आउने बताए । उनले आज राति १०ः३० बजे शव काठमाडौं आइपुग्ने र राति नै शव झापा लैजाने तयारी गरिएको पनि जानकारी गराए । निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई निर्देशन दिएपछि सरकारकै खर्च र सरकारी प्रकृयामा नै शव नेपाल ल्याउन लागिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?