प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् । शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न आफुले गर्ने बताएका हुन् । सभामुख घिमिरेले भने – ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद भनेको सर्वोच्च विधायिका संस्था हो । यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि ग¥यौँ । त्यसलाई नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशिल, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ । त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, र यसलाई प्रभावकारी ढंगबाट संघीय
संसदलाई अगाडी बढाउने कुराहरु गर्नुपर्छ ।”
प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे
तपाईलाई केहि भन्नु छ ?