उपसभामुखमा रानामगर र यादवबीच प्रतिस्पर्धा हुँदै

साझा कथा,

शनिवार हुने उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार संघीय संसद सचिवालयमा सत्ता गठबन्धनको तर्फबाट रानामगर र प्रतिपक्षको तर्फबाट साझा उम्मेदवारको रुपमा यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम रहेकी छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् । यता, यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
यसअघि, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?