सांसद कोइरी संसद छाडेर भारत भागेको आशंका

साझा कथा । संविधानसभा भवन भित्र हुने हरेक संसद बैठकमा उपस्थित जनाइरहेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अहिले भने फरार छन् । केही दिनयता उनी भारत पुगेको आशंका गरिएको छ ।
राष्ट्रसेवक कर्मचारी हत्या अभियोग लागेका सांसद कोइरीलाई गृह मन्त्रालयले पक्राउ गर्न आदेश दिएसँगै उनी भारत लागेको आशंका गरिएको हो । उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । तथापी, सत्ता र शक्तिको आडमा खुलेआम सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न सांसददेखि नागरिक समूहको ठूलो दबाब थियो । उनलाई पक्राउ गर्न गृह मन्त्रालयले देशभर सर्कुलर जारी गरेको छ ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका– २ का स्थानीय हुन् । उनी नेकपा (एमाले)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । चुनावअघि मात्रै जसपा छाडेर एमाले प्रवेश गरी उनी चुनावमा होमिएका थिए । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सो हत्याको योजना नै सांसद कोइरीले बनाएको आरोप छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?