“सेतो लुगा लगाएको मान्छे हुँ, कालो हातले नछुनु होला”

साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । कुन जहाज, कति बजे, कहाँ डिलो भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किरातीको निर्देशन दिएका हुन ।

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै किरातीले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताएका हुन् । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे । उनले भने , ‘अव हामीलाई विजनेश प्लान चाहियो । प्रत्येक दिन यहाँको रिर्पोट हामीलाई मन्त्रालयका चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिलो भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काटयो ? त्यो रिर्पोट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुप¥यो । बेलुका हामीलाई सोध्छन मान्छेले । मन्त्रालयबाट फर्कदाखेरी म जहाजको रिर्पोट हेर्दै फर्कन्छु । म ढिले फर्कन्छु कहिले काँही त ११ पनि बज्दैछ । म ८-९ बजेत मन्त्रालयमा अनिवार्य रुपमा नै हुन्छु । यसको रिर्पोट के माध्यामले तपाईहरुले पठाउने हो, रिर्पोट मलाई चाहिन्छ । मन्त्रालयलाई रिर्पोट चाहिन्छ । अव हाम्रो कस्तो हुँदै गयो भने समस्यालाई हात्ति जत्रो, समाधानको स्रोत चाँही झिंगोको टाउँको जत्रो भएपछि कसरी हन्छ ? समस्यालाई भकुन्डो जत्रो, समाधानको स्रोत चाँही गुँच्चा जत्रो । अव समाधानको स्रोत तपाईँले भकुण्डो जत्रो देखाउन सक्नुपर्छ विजनेश प्लानमा । हाम्रो समस्या केही पनि होइन भनेर तपाईहरुले दिने गरी ल्याउनु पर्छ । र, गम्भिरताका साथ तपाईहरुलाई भन्छु–जुत्ता फटाउने कोसिस कसैले पनि नगर्नु होला है । कृपया जुत्ता फटाउने कोसिस नगर्नू होला । बुझ्नु भयो होला । यो त पाँच सय जनाले चलाएको देश हो के । सबै एक घण्टामा थाहा पाईन्छ । १५ वर्ष भयो नि हो सिंहदरवार बसेको । पाँच सय जनाको परिधि भित्र यो देश चल्छ । जुत्ता फटाउने काम नगर्नुस । जेजेभयो भैसक्यो अव त्यो । आज्सम्म जेजे भयो, आईन्दा यस्तो नहोस् । नीतिमा हामी छौं । तपाईहरुले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो ।

म सेतो लुगा लगाएको मान्छे हुँ । कृपया कालो हातले छुने कोसिस नगर्नुहोला कसैले पनि । कालो हातले छोएर नचिनिने भएर फर्कन्छन रे मान्छेहरु यहाँबाट । मैले त फेरी चिनिएर फर्कनु छ । मलाई केही लोभ छैन ।

आज हामीलाई दुःखेको छ । हामी सबै यहाँ देशभक्त होलाउ । देशलाई माया गर्ने मान्छौ हामी यहाँ । किन हाम्रो यत्रो गौरवको, वायु सेवा निगम हाम्रो गौरवको विषय हो । जसले ४० औं हजार माथि राष्ट्रिय झण्डा बोकेर अर्काको देशमा यात्रु पु¥याउने र ल्याउने काम गर्छ । एयरपोर्ट हाम्रो अनुहार हो । जहाज हाम्रो गौरव हो । सबभन्दा पनि मानिसको व्यहोरामा जाँदैन । बानीमा जाँदैन । नजर त अनुहारमा जान्छ । जो हाम्रो गौरव हो, अनुहार हो । अव यो राम्रो हुनुपर्छ । हुनुपर्छ, हुनुपर्छ । र, हुनुपर्छ । अरु कुरा म जान्दिन । काम चाहियो अव । पहिलापहिला एनएसीको कर्मचारीसँग चेलीहरु विवहा गर्न खोज्थे । छोरी दिनका लागि होडबाजी चल्थ्यो भन्थ्यो है । तर आज एनएसी भनेपछि नाक छोपेर मान्छेहरु किन हिँडछन ? एनएसीको मान्छेजति फोहोरी कोही छैन भनेर मान्छेले किन घृणा गर्छन ? यसको उत्तर यो कार्यकालमा हामीलाई चाहिन्छ । होइन हामी सफा छौं । हामी फोहोरी छैनौं । हामी हिजोजस्तै योग्य छौं । हामीले यो प्रश्नको उत्तर दिनै पर्छ । म यो कार्यालय पसेर यहाँसम्म आइपुग्दा यो कार्यालयको मिटिङ हल सबै हेर्दा मलाई दयनीय नै लाग्छ । अव यो धेरै गरिव छ । त्यसो भएको हुनाले काम चाहिन्छ ।

म भन्दैछु–म सेतो लुगा लगाएको मान्छे हुँ । कृपया कालो हातले छुने कोसिस नगर्नुहोला कसैले पनि । कालो हातले छोएर नचिनिने भएर फर्कन्छन रे मान्छेहरु यहाँबाट । मैले त फेरी चिनिएर फर्कनु छ । मलाई केही लोभ छैन । मेरो बुबाले मलाई संकटकालमा जेलमा भेटन आउँदा राजनीतिमा र नजानेको मेरो बुबाले मै जस्तो लाहुँरे भईहाल्थिस । आइडी पनि थियो भन्दै रोएको मेरो आँखामा छ । एउटा वडाध्यक्ष पनि हुन्छु भनेर म राजनीतिमा लागेको होइन है साथीहरु । तर मन्त्री भए । प्रधानमन्त्री हुन्छु भन्ने सपनामा पनि छैन । तर मैले बुझेको छु–यो मेरो जीवनको अग्नी परिक्षा हो । म आगोमा खरानी हुन तयार छु । तर राज्यको यति ठूलो गौरवपूर्ण संस्था डुबेको टुलुटुलु । हेर्नै सक्दिन । तर म मुर्ख पनि गर्दिन । कानुनका बाटाहरु छन । विनम्रताले संसार झुकाउँछ भन्ने महात्मा गान्धीको भनाई मेरो मुटु भित्र छ । त्यसकारणले बनाउनु पर्छ, बनाउनु पर्छ । र, फेरी बनाउनु पर्छ । म बाट कुनै भेदभाव हुँदैन । कुन विचारमा तपाईहरु लाग्नु भएको छ ? कति भाषण गर्न जान्छु हुन्छ । म त्यो हेर्दिन । हामीलाई काम चाहियो । परिणाम चाहियो । जातको आधारमा, क्षेत्रको आधारमा, लिंगको आधारमा, रंगको आधारमा, विचारको आधारमा, सिद्धान्तको आधारमा तपाईहरुमाथि भेदभाव हुँदैन । भेदभाव हुन्छ त अव काममा हुन्छ । काममा हुन्छ भेदभाव । त्यसकारणले मलाई काम चाहिन्छ ।

हाम्रो काम भने किन हामी गर्दैनौं ? आज राम्रो काम गरौं । त्यो काम भोली संस्कृति बन्छ । त्यसकारण उडड्यन, पर्यटनको कुरा मात्रै होइन । संस्कृति मन्त्रालय पनि भएको हुनाले हामीले संस्कृति निर्माण पनि गर्नु पर्नेछ । हामीले हिँड्ने पाईलाहरु अंगाल्दाखेरी नागरिकले उसको जीवन दर्शन बन्नुपर्छ । त्यो हो संस्कृति । त्यसकारण यहाँ हामीलाई असफल हुने छुुट नै छैन । मैले भनेको छु–पदबहालीमा । पहिला हामी गाडीको गियर लगाउँदैनौं, स्टार्ट गर्दैर्नौं । पहिला चेकजाँच गर्छौं । हामी अहिले पनि चेकजाँचकै स्थितिमा छौं । हामीले गाडी स्टार्ट गरिसकेकै छैनौं । जब गाडी स्टार्ट गर्छौं, त्यसमा हामी सबै नछुटि जाउँ । हाम्रो उद्देश्य एउटै हो यो निमग बनाउने । साच्चै एउटा गौरवको विषय बन्ने । तपाई हामी सबै मरेर जान्छौं । को छ अजम्बरी ? अजम्बरीको सर्टिफिकेट मसँग पनि छैन । आमी मरेर गएपनि बदमास काम ग¥यो भने हामीलाईं चिहानबाट उठाएर सराप्ने, थुक्ने गर्छन । फलाना त खराव थियो भनेर । तर हामी मरेर गएपनि नमर्ने कुरा भनेको काम हो, कीर्ति हो । तपाईहरुलाई के मृत्युदेखि डर लाग्दैन ? मृत्युदेखि डर लाग्छ भने काम गर्नुपर्छ अहिले । त्यसकारण हामीले काम गर्नुको विकल्प छैन । असफल हुने त न समयले, नसन्दर्भले, न मैले पनि त्यो छुट नै छैन । असफल हुने त हामीलाई छुट नै छैन ।’

मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताएका हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?